आज २०७६ भदौ ३१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७६ भदौ ३१ गते मंगलबारको राशिफल


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ भदौ ३१ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले व्यावहारिक समस्या देखा पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुन्दर पहिरन, आकर्षक व्यक्तित्व वा तारिफयोग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। आलोचकहरूबाट सजग रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

त्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखद समाचार आउनाले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। हिस्सेदारसँग असमझदारी बढ्ने हुँदा पहिलेको सम्झौता भंग हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३३ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट