भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गरौँ « Khabarhub

भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गरौँ


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले भियतनामलाई ‘एकपक्षीय हेपाइ’ को प्रतिकार गर्न आग्रह गरेका छन् । भियतनाम भ्रमणका क्रममा राष्ट्रपति सीले भियतनामलाई विश्वव्यापी खुला व्यापार प्रणालीलाई कायमै राख्न ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गर्न आग्रह गरेका हुन् ।

अमेरिकाले चिनियाँ सामानमा अत्यन्त उच्च भन्सार महशुल घोषणा गरेपछि राष्ट्रपति सी अहिले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमणमा छन् । विदेश भ्रमणका क्रममा अर्को साम्यवादी मुलुक भियतनाम पुगेका सीले अमेरिकाको नाम नलिई एकपक्षीय हेपाइको प्रतिकार गर्न आग्रह गरेका हुन् ।

भियतनामी कम्युनिष्ट पार्टीका महासचिव टो लामसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले एकपक्षीय हेपाइको संयुक्त प्रतिकार गर्ने बताएका हुन् । उनले भियतनामसँगै कम्बोडिया र मलेशियाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले चिनियाँ सामानमा १ सय ४५ प्रतिशत भन्सार शुल्कको घोषणा गरेका छन् भने चीनले पनि अमेरिकी सामानमा १ सय २५ प्रतिशत भन्सार महशुलको घोषणा गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ५३ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख