फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक « Khabarhub

फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को गीत मंगलबार सार्वजनिक भएको छ ।

काठमाडौंको कलमपोखरीस्थित एक हलमा यस गीतका गायक सुजन चापागाईं र झुमा लिम्बूको प्रत्यक्ष प्रस्तुतीका बीच गीत सार्वजनिक गरिएको हो ।

यस गीतको शब्द युवराज काफ्लेले लेखेका हुन् भने संगीत गायिका झुमाले नै भरेकी हुन् ।

फिल्मका निर्देशक नवीन चौहानले गीतबारे भने, ‘फिल्म वास्तविकता नजिक रहेकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौं ।’

नायक विपीन कार्कीले फिल्ममा अभिनय गर्दा आफ्नो विद्यार्थी जीवनको सम्झना आएको बताए । उनले भने, ‘फिल्मम अटो भर्ने दृश्य छ । अटोमा मेरो यादहरू छन् । स्कुलमा रहँदा मेले धेरै साथीहरूलाई अटो लेखेको छु ।’

नायिका मिरुनाले भने गीतमा आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु ।’

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म हो । यसमा विपीन र मिरुनासहित विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत अभिनय रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : २६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर