ट्रकबाट २५ करोड बरामद प्रकरण- चालक कुशाङ र मालिक नारायणविरुद्ध मुद्दा दायर « Khabarhub

ट्रकबाट २५ करोड बरामद प्रकरण- चालक कुशाङ र मालिक नारायणविरुद्ध मुद्दा दायर


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा ट्रक चालक कुशाङ लामा र पैसाका मालिक भनिएका नारायण पौडेलविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

गत चैत ४ गते काठमाडौं टोखा–२ झोरस्थित सडकमा टोखादेखि झोरतर्फ जाँदै गरेको कुसाङ लामाले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनर ट्रकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विदेशी मुद्रा (नेपाली २५ करोडभन्दा बढी) बरामद गरेको थियो ।

‘अनुसन्धानको लागि यस विभागमा प्राप्त भएकोमा अनुसन्धानका क्रममा संकलित आधार प्रमाणबाट प्रतिवादीहरु कुसाङ लामा र नारायण पौडेलविरुद्ध विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ३,४, ५ र ९ को कसूरमा वरामदित विदेशी मुद्राहरुको मिति २०८१/२/०४ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दर अनुसार हुन आउने नेपाली रुपैयाँ २५ करोड ३४ लाख १८हजार ८सय ४२ रुपैयाँ मात्र बिगो कायम गरी ऐ ऐनको दफा १७ को उपदफा १ बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम थप सजाय हुन र प्रतिवादी कुसाङ लामालाई सुन चोरी पैठारी मुद्दामा श्री काठमाडौ जिल्ला अदालतबाट मिति २०७४/०३/२६ गले सजाय हुने ठहर भई निजले सजाय भुक्तान गरेको पाँच वर्षभित्र प्रस्तुत कसूर गरेको देखिँदा निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४२ बमोजिम थप सजाय हुन विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरु जफत गरी पाउन उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन रोका, नियन्त्रण र जफत ऐन, २०७४ को दफा ११ बमोजिम जफतको मागदाबी लिई मुद्दा दायर गरिएको छ,’ विभागले भनेको छ।

प्रतिवादी पौडेल फरार छन् । उक्त पैसाका धनी पौडेलको हकमा अदालतबाटै कानुन बमोजिमको म्याद जारी गर्नै भनिएको छ ।

प्रतिवादी लामा र पौडेल दुवैको घर सिन्धुपाल्चोक हो । भोटेकोशी गाउँपालिका–४ का पौडेलले यसअघि पनि रक्तचन्दन, अवैध सुन तस्करी र हुन्डी कारोबार गर्दै आएका खुलिसकेको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ३४ बजे

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको