खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग « Khabarhub

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा – दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग गरेको छ । दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाहरुले खजे दुराले दुरा जातिका लागि मात्र नभई राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् ।

उक्त वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफुले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर दुराको नामको हुलाक टिकट प्रकाशन गर्ने बताए ।

लमजुङको मध्यनेपाल नगरपालिका १० स्थित दुरा जातिको बर्चस्व रहेको हाँडीखोलामा आयोजित दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवको सम्बोधन गर्दै मन्त्री गुरुङले दुरा जातिको प्रवर्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गरे ।

राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिन गुरुङले अनुरोध गरे ।

दुुरा जाति लोपोन्मुख अवस्थामा पुुग्दा भाषा र लिपिको विकास गर्दा यसले अस्तित्व जोगिने सुनाए । ‘अल्प संख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो राजावादीले होइन त्यसैले राजाको पछि नलाग्नुहोला,’ उनले भने ।

समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर दुराले दुरा समाज राज्यको तर्फबाट छायाँमा परेको सुनाए । समाजका अध्यक्ष सुरेशकुमार दुराले १५५० देखि दुुरा जाति नेपालमा रहेको सुनाए ।

खजे दुुराले राज्य अभिषेक गर्नका लागि कुस्माकर घिमिरेसहित राजा ल्याएको बताए । कालु शाहलाई ल्याएको र लमजुङमा राजा स्थापना गराएका थिए । इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुपर्ने उनले सुनाए ।

लमजुङमा रहेको खजे दुराको शालिक

विभिन्न व्यक्ति सम्मानित

दुरा समाजले विभिन्न व्यक्तिलाई समेत सम्मान गरेको छ । समाजमा सबैभन्दा ज्येष्ठ नागरिक एकबहादुर दुरा, पानमति दुरा र कमला दुरालाई वार्षिकोत्सवको अवसरमा मंगलबार सम्मान गरेको हो ।

हनेरी लेप्टन सुरज दुुरा, इन्सपेक्टर भरतबहादुर दुरा तथा स्नातकोत्तर उत्तीर्ण गर्ने विद्यार्थीहरु सुमित्रा दुरा, हेमा दुरा, हरिमाया दुरा, सुनिता दुरा र जुना दुरालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : २९ बजे

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका

प्रधानमन्त्रीलाई आफ्नै गीतले पिरोल्यो, प्रतिपक्षीले भने, ‘हामीलाई जवाफ चाहियो सरकार’

कााठमाडौं- प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा दिनभर प्रमुख प्रतिपक्षी नेपाली