जुनियर टेनिस प्रतियोगिता आजदेखि « Khabarhub

जुनियर टेनिस प्रतियोगिता आजदेखि


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा बुधबारदेखि पोखरामा चौथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको तयारी पूरा भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ८, ९, १०, १२, १४ र १६ वर्षमुनि छात्र तथा छात्रा एकल, डबल्स गरी विभिन्न १४ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए ।

एकलतर्फ विजेताले १५ हजार तथा उपविजेताले सात हजार पाँच सय रुपैयाँसहित मेडल प्राप्त गर्ने छन् ।

छात्र तथा छात्रा ओपन डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

चौध वर्ष एकलतर्फ विजेताले १० हजार तथा उपविजेताले पाँच हजारसहित मेडल प्राप्त गर्ने छन् । बाह्र वर्ष उमेर एकलतर्फ विजेताले आठ हजार तथा उपविजेताले चार हजारसहित मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई कुमार मोहनबहादुर शाहीले आफ्ना नाति नातिनीको नामबाट मुख्य प्रायोजन गरेका छन् ।

पोखरासहित काठमाडौं, चितवन, बुटवलका खेलाडीले भाग लिने प्रतियोगिता निर्देशक कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ३८ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै