बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ « Khabarhub

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र १८ लाख ८६ हजार जरिवाना असुलउपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध कारोबार, चेक अनादर, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।

प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो ।

अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ४५ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली