बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र १८ लाख ८६ हजार जरिवाना असुलउपर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध कारोबार, चेक अनादर, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।

प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो ।

अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ४५ बजे

दुरावस्था सुधार्न समय लाग्छ, सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

मोरङ– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले दुरावस्था हट्नका 

आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ

काठमाडौं- सरकारले १५ दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरूबारे औपचारिक धारणा सार्वजनिक

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : सातै प्रदेशमा हुने

काठमाडौं– सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

काठमाडौं– वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ।

पानीजहाजमा राज्यको ११ करोड स्वाहा, कोसीमा कन्तबिजोग

काठमाडौं– मध्यबर्खा लाग्न २ महिना बाँकी छ । सप्तकोसी नदीमा