कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना  « Khabarhub

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार रहेको बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको ‘फोनपे डाइरेक्टर’ कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । 

बैंकका अनुसार यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना विजेताले बम्पर उपहारमा नयाँ आईफोन १६ जित्ने अवसर पाउनेछन् । यो योजना वैशाख १ देखी ३१ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ३८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि