मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको उजुरी, पक्राउ गर्ने तयारी « Khabarhub

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको उजुरी, पक्राउ गर्ने तयारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले खबरहबलाई बताए ।

‘हामीकहाँ जाहेरी आइसकेको छ । यसबारेमा अनुसन्धान अघि बढिसकेको छ’, उनले भने, ‘अनुसन्धान अघि बढेसँगै झाविरुद्ध पक्राउ पु्र्जी जारी गराउने प्रक्रिया पनि थालिसकेका छौँ ।’

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँछन् । उनीविरुद्ध उनकै घरमा बस्ने घटनाका समयमा नाबालिक भनिएकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले थालेको हो ।

बोहोराले यसबारेमा गम्भीर अनुसन्धान भइरहेको बताए । पीडित पक्षले गरेको दाबी पुष्टि हुने आधारहरू अनुसन्धानबाट भेटिने अवस्था भएमा झा तत्कालै पक्राउ पर्न सक्छन् ।

उक्त जाहेरीमा डा. झाले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । १७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।

प्रहरीका अनु्सार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन् । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।

अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । यो जाहेरी गत फागुन ३ गते प्रहरी परिसरमा दर्ता भइसकेको छ ।

अनुसन्धान अघि बढेसँगै प्रहरीले अहिराजविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गर्ने तयारी गरिसकेको छ । यसअघि निरन्तर सामाजिक सञ्जालमा सक्रिय हुने अहिराज अहिले मौन छन् । खोजी गर्दा उपस्थित नभए अहिराजलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ३० बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र