मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको उजुरी, पक्राउ गर्ने तयारी | Khabarhub Khabarhub

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको उजुरी, पक्राउ गर्ने तयारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ ।

२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले खबरहबलाई बताए ।

‘हामीकहाँ जाहेरी आइसकेको छ । यसबारेमा अनुसन्धान अघि बढिसकेको छ’, उनले भने, ‘अनुसन्धान अघि बढेसँगै झाविरुद्ध पक्राउ पु्र्जी जारी गराउने प्रक्रिया पनि थालिसकेका छौँ ।’

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँछन् । उनीविरुद्ध उनकै घरमा बस्ने घटनाका समयमा नाबालिक भनिएकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले थालेको हो ।

बोहोराले यसबारेमा गम्भीर अनुसन्धान भइरहेको बताए । पीडित पक्षले गरेको दाबी पुष्टि हुने आधारहरू अनुसन्धानबाट भेटिने अवस्था भएमा झा तत्कालै पक्राउ पर्न सक्छन् ।

उक्त जाहेरीमा डा. झाले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । १७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।

प्रहरीका अनु्सार ती पीडित सबैभन्दा पहिले राष्ट्रिय महिला आयोगमा गुहार माग्न पुगेकी थिइन् । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो ।

अधिकारकर्मीको सहयोगमा पीडित भनिएकी युवतीले २०८१ माघ १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि यस प्रकरणमा महिला तथा बालबालिका सेवा केन्द्रले अनुसन्धान थालेको हो । यो जाहेरी गत फागुन ३ गते प्रहरी परिसरमा दर्ता भइसकेको छ ।

अनुसन्धान अघि बढेसँगै प्रहरीले अहिराजविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गर्ने तयारी गरिसकेको छ । यसअघि निरन्तर सामाजिक सञ्जालमा सक्रिय हुने अहिराज अहिले मौन छन् । खोजी गर्दा उपस्थित नभए अहिराजलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ३० बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय