शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै « Khabarhub

शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।

रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ ।

उनी आफूलाई सामाजिक अभियन्ता भन्दै अरूको पारिवारिक विवादमा छिर्ने गर्थिन् । उनले हस्तक्षेप गर्दा चर्चित कमेडियन पवन खतिवडाको घर नै भाँडिएको थियो ।

यसअघि उनी जस्तै सामाजिक अभियन्ता बताउने पुण्य गौतमलाई पनि मरनासन्न हुने गरी रड हानिएको थियो । गौतमलाई दुर्गा प्रसाईंका कार्यकर्ताले आक्रमण गरेका थिए। यी दुवै पात्रलाई युट्युबरले भाइरल बनाएका हुन् ।

शर्मिलालाई कसले रड हान्यो भन्ने खुलेको छैन। घाइते शर्मिलालाई पहिचानवादी नेता आङकाजी शेर्पालगायतले स्तुपा अस्पताल पुगेर भेटेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ४२ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ