‘कबड्डी ३’ को गीतमा दयाहाङ र उपासना « Khabarhub

‘कबड्डी ३’ को गीतमा दयाहाङ र उपासना


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी ३’ मा समावेश ‘माया पिरती’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कालीप्रसाद बास्कोटाको संगीत तथा स्वर रहेको छ भने सविन एकतारे र गायक बास्कोटाले गीतका शब्द लेखेका हुन् । भिडियोमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, अरुणा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

रिलिजअघि चलचित्रको राम्रो चर्चा छ । फिल्मका दुई सिरिज एसअघि सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ३५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने