‘कबड्डी ३’ को गीतमा दयाहाङ र उपासना « Khabarhub

‘कबड्डी ३’ को गीतमा दयाहाङ र उपासना


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी ३’ मा समावेश ‘माया पिरती’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कालीप्रसाद बास्कोटाको संगीत तथा स्वर रहेको छ भने सविन एकतारे र गायक बास्कोटाले गीतका शब्द लेखेका हुन् । भिडियोमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, अरुणा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

रिलिजअघि चलचित्रको राम्रो चर्चा छ । फिल्मका दुई सिरिज एसअघि सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ३५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले