चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ | Khabarhub Khabarhub

चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै कारण तिब्बतीहरु पक्राउ परेको पाइएको छ । ह्युमन राइट्स वाचका अनुसार सन् २०२१ यता चीनले मोबाइल फोन र इन्टरनेट प्रयोग गरेकै आधारमा चीनमा दर्जनौँ तिब्बती पक्राउ परेका छन् ।

यद्यपि चीनले यस्तो आरोपमा कति जना तिब्बतीलाई पक्राउ गरेको छ भन्ने यकिन तथ्यांक भने सार्वजनिक नभइसकेको उक्त संस्थालाई उद्धृत गर्दै भारतीय समचार संस्था एएनआईले जनाएको छ । निर्वासनमा रहेका तिब्बती पत्रकार, विभिन्न सञ्चार माध्यममा छापिएका समाचारलाई आधार बनाएर यस्तो प्रतिवेदन सार्वजनिक गरेको ह्युमन राइट्स वाचले जनाएको छ ।

फोनमा ‘प्रतिबन्धित सामग्री’ राखेको, विदेशीसँग सम्पर्क गरेको वा राजनीतिक रुपमा संवेदनशील गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उक्त संस्थाले जनाएको छ । यस्तो आरोपमा पक्राउ पर्नेहरुलाई कठोर सजाय दिने गरिएको छ ।

सन् २०२१ मा नेपालमा रहेका भिक्षुसँग सम्पर्कको प्रयास गरेको आरोपमा दक्षिण पश्चिमी तिब्बतको एउटा गुम्बाका ४ जना भिक्षु पक्राउ परेका थिए । उनीहरुलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ०० बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।