चार्ल्स सोभराजलाई ‘कैद मिनाहा’ गर्नेबारे ३ महिनाभित्र निर्णय लिन सर्वोच्चको आदेश « Khabarhub

चार्ल्स सोभराजलाई ‘कैद मिनाहा’ गर्नेबारे ३ महिनाभित्र निर्णय लिन सर्वोच्चको आदेश


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले बिकिनी किलरका रुपमा कुख्यात अपराधी चार्ल्स गुरुमुख सोभराजले ज्येष्ठ नागरिकको सुविधाअन्तर्गत कैद मिनाहा पाउन हुने वा नहुनेबारे ३ महिनाभित्र निर्णय लिन सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको इजलाशले चार्ल्सले ज्येष्ठ नागरिकको सुविधा पाउने या नपाउने सम्बन्धमा निर्णय लिन परमादेश जारी गरेको हो ।

चार्ल्सकी प्रेमिका निहिता विश्वासकी आमा अधिवक्ता शकुन्तला थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश जारी गरेको हो ।

हाल केन्द्रीय कारागार सुन्धारामा जन्मकैदकाे सजाय भोगिरहेका चार्ल्सको उमेर ७५ वर्ष पुगिसकेको भन्दै अधिवक्ता थापाले कैद छुटको मागसहित १९ कात्तिक २०७५ मा रिट निवेदन दायर गरेकी थिइन् ।

थापाद्वारा दायर रिटमा नेपालको संविधान, कारागार नियमावली, सजाय माफी मुल्तवी परिवर्तनसम्बन्धी कार्यविधि, ज्येष्ठ नागरिक ऐन र सर्वाेच्च अदालतकै विगतका नजिरका आधारमा छुट पाउनुपर्ने माग दावी गरिएको थियो । शोभराजले २०६० असोज २ देखि २०८० असोज १ गतेसम्म २० वर्ष कैद भुक्तान गर्नुपर्नेमा १५ वर्ष भुक्तान गरेको निवेदनमा उल्लेख थियो ।

रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले गत कात्तिक २० मा शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

तत्कालीन न्यायाधीश (हाल प्रधान्यायाधीश) चोलेन्द्र शम्शेर राणाको एकल इजलाशले सजाय छुट नहुनुको कारण लिखित रुपमा पेश गर्न सरकारका नाममा कारण आदेश जारी गरेको थियो ।

सरकारले जवाफ पठाएपछि सर्वोच्चले आइतवार रिटमाथि फैसला सुनाउँदै शोभराजलाई ज्येष्ठ नागरिकको सुविधान प्रदान गर्न सकिने वा नसकिनेबारे ३ महिनाभित्र निर्णय लिन सरकारका नाममा परमादेशको आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : ४९ बजे

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते

चौतर्फी विरोधपछि सरकारले फिर्ता गर्‍यो शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क

काठमाडौं : चौतर्फी विरोध भएपछि निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा

तयारी पोशाक उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका

आइएमएफले युक्रेनलाई ६९ करोड अमेरिकी डलर थप ऋण उपलब्ध गराउने घोषणा

काठमाडौं –अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको विस्तारित ऋण कार्यक्रम अन्तर्गतको