राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ? « Khabarhub

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो ।

आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

साथै बैठकले संवैधानिक राजसंस्था हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका मुद्दाहरुमा समर्थन जुटाउन सबै पक्षसँग छलफल र अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

उपत्यकाको सबै वडा तहमा आन्दोलनको तयारी र विविध कार्यक्रम गर्ने, यसका लागि केन्द्रीय तथा प्रदेश तहका नेतृत्वलाई खटाउने राप्रपाले जनाएको छ ।

आन्दोलन सम्बन्धी विषयमा योजना बनाउन तथा तत्काल आवश्यक निर्णय लिन परेमा पार्टीका अध्यक्षको संयोजकत्वमा पूर्व अध्यक्षहरू र उपाध्यक्षहरू रहेको समितिलाई जिम्मेवारी दिइने पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपाले शिक्षकहरूको माग तत्काल सम्बोधन गरी विद्यालय भर्ना कार्यक्रम एवं नजिकै आइरहेको कक्षा १२ को परीक्षा नरोकिने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ३६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग