गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा | Khabarhub Khabarhub

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले उल्लेख गरेको छ ।

उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरबारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए ।

शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको छ ।

कांग्रेसका महामन्त्री गगन थापासहितले यसबारेमा सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि गभर्नर नियुक्तिको विषय टुंग्याउन लागिएको छ । सम्भवत: शुक्रबारै बस्ने अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले भट्टसहित तीनजनाको नाम नयाँ गभर्नरमा सिफारिस गर्ने सम्भावना छ ।

दुई दलबीच कुरा नमिलेको अवस्थामा कांग्रेस सभापति देउवाले नै प्रस्ताव गरेको नाममा प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएपछि भट्ट गभर्नर हुने सम्भावना बलियो भएको हो ।

बुधबारको बालुवाटार बैठकमा देउवाले गभर्नरका लागि अर्थशास्त्री डा. भट्टको नाम प्रस्ताव गरेको बताइएको छ । भट्टअर्थशास्त्रमा पीएचडी उपाधि प्राप्त गरेका व्यक्ति हुन् ।

गभर्नरका लागि यसअघि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगाना, राष्ट्र बैंककै कायममुकायम गभर्नर निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीसहित दौडमा थिए । शुक्रबार सिफारिस समितिबाट तीनजनाको नाम पठाएपछि आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको नियुक्तिको विषयलाई टुंगो लगाउने भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ०४ बजे

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२

देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो

काठमाडौं- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार