सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्धता छौँ :  प्रचण्ड « Khabarhub

सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्धता छौँ :  प्रचण्ड


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रतिबद्धता दोहोर्‍याएका छन् ।   

कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनले समस्या समाधानमा पार्टीको प्रतिबद्धता दोहोर्‍याएका हुन् । 

अध्यक्ष प्रचण्डले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान र मिटरब्याज पीडितको मुद्दालाई पार्टी सरकारमा हुँदा प्राथमिकतामा राखेर काम गरेको पनि स्मरण गराए । 

‘वषौंँदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको छ,’ प्रचण्डले भने, ‘अब तपाईँहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौँ नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक प्रशिक्षणसमेत दिएको उनको सचिवालयले जनाएको छ ।

‘उहाँले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजनाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो,’ सचिवालयले भनेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : २७ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ