'कोकाकोला तु' गायक टोनी कक्कड नेपाल आउने | Khabarhub Khabarhub

‘कोकाकोला तु’ गायक टोनी कक्कड नेपाल आउने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित भारतीय गायक टोनी कक्कड नेपाल आउने भएका छन् । उनी राजधानीमा आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका हुन् ।

‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित गीतका गायक टोनीको पहिलोपटक काठमाडौंमा लाइभ प्रस्तुति रहने आयोजकले जानकारी दियो । कार्यक्रमलाई सि. एन. आई. इभेन्ट्सले आयोजना गर्दैछ ।

‘टोनी कक्कड लाइभ इन नेपाल’मा टोनीले आफ्ना हिट गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् । आयोजकका अनुसार यही असोज २ गते (सेप्टेम्बर १९) बिहीबार ठमेलस्थित ‘क्लब फहरेन्हाइट’मा कक्कडको प्रस्तुति रहनेछ ।

यस्तै ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिने कार्यक्रम छ । प्रस्तुति साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ५३ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य