देश विकास हामी सबै मिलेर गर्ने हो : प्रधानमन्त्री | Khabarhub Khabarhub

देश विकास हामी सबै मिलेर गर्ने हो : प्रधानमन्त्री


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन्।

नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।

‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहन्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिऊँ।’,प्रधानमन्त्री ओलीले भने, ‘विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग हो भने । 

उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए ।  

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५० बजे

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजरबारे माओवादीनिकट चार जनसंगठनले भने, ‘अमानवीय र जनविरोधी’

काठमाडौं- भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री