महेन्द्र राजमार्गमा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

महेन्द्र राजमार्गमा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

बारा– महेन्द्र राजमार्गमा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

महेन्द्र राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो।

उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको हो ।

मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ।

दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५४ बजे

देशभर धमाधम रोपाइँ जारी

काठमाडौं– समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती