प्रधानमन्त्रीले भने- जनताले दुःख पाए, नारायणघाट-बुटवल सडक समयमै पूरा हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने- जनताले दुःख पाए, नारायणघाट-बुटवल सडक समयमै पूरा हुन्छ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नवलपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् । 

उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए । सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए ।  

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए । 

देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ०८ बजे

बुल्गेरियन गायिका दाराले जितिन् युरोभिजनको उपाधि : बेलायती ब्यान्डको फितलो प्रदर्शन

लन्डन – बुल्गेरियन पप गायिका दाराले यो वर्षको चर्चित गायन

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ