प्रधानमन्त्रीले भने- जनताले दुःख पाए, नारायणघाट-बुटवल सडक समयमै पूरा हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने- जनताले दुःख पाए, नारायणघाट-बुटवल सडक समयमै पूरा हुन्छ


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नवलपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् । 

उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए । सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए ।  

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए । 

देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ०८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका