प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित « Khabarhub

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको निर्वाचनमा विजयी भएका छन् ।

सङ्गठनको निर्णय विरुद्ध उम्मेदवारी दिएको भन्दै चौतारीबाट निलम्बनमा परेका चारजनामध्ये दुईजना महिला केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

चौतारीले पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्व केन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगकी सदस्य दीपा रेग्मीलाई सङ्गठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर विज्ञप्ति निकालेको थियो । कारबाहीमा परेकामध्ये चापागाईं र रेग्मी निर्वाचित भएका हुन् ।

यता, चौतारीकी पूर्व सचिव कुँवरले १०० मत प्राप्त गरेकी छन् भने अध्यक्षको उम्मेदवार सुनुवारले ८७ मत प्राप्त गरेकी छिन् ।

महिला पत्रकारहरूको सङ्गठन सञ्चारिकाको निर्वाचन शुक्रबार बेलुका सम्पन्न भएको थियो ।

अन्य पदाधिकारी र सदस्यमा नेपाल प्रेस युनियन र प्रेस चौतारी निकट पत्रकारहरू विजयी भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ०६ बजे

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री