प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित « Khabarhub

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको निर्वाचनमा विजयी भएका छन् ।

सङ्गठनको निर्णय विरुद्ध उम्मेदवारी दिएको भन्दै चौतारीबाट निलम्बनमा परेका चारजनामध्ये दुईजना महिला केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

चौतारीले पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्व केन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगकी सदस्य दीपा रेग्मीलाई सङ्गठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर विज्ञप्ति निकालेको थियो । कारबाहीमा परेकामध्ये चापागाईं र रेग्मी निर्वाचित भएका हुन् ।

यता, चौतारीकी पूर्व सचिव कुँवरले १०० मत प्राप्त गरेकी छन् भने अध्यक्षको उम्मेदवार सुनुवारले ८७ मत प्राप्त गरेकी छिन् ।

महिला पत्रकारहरूको सङ्गठन सञ्चारिकाको निर्वाचन शुक्रबार बेलुका सम्पन्न भएको थियो ।

अन्य पदाधिकारी र सदस्यमा नेपाल प्रेस युनियन र प्रेस चौतारी निकट पत्रकारहरू विजयी भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ०६ बजे

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान

उपमहासचिवतर्फ सुरक्षित देखिएनन् ओलीका विश्वासपात्र विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क