शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री « Khabarhub

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छिन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आलोचना गर्दै शिक्षकहरू नै समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाइन् ।

राज्यको तलब खाएका शिक्षक कर्मचारीले समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभइ फर्कन्नौँ भन्न नमिल्ने उनको भनाइ छ। 

शिक्षा ऐन जारी गर्न सरकारले प्रतिबद्धता जनाएको र विधेयक समितिमा दफावार छलफलमा रहेको उल्लेख गर्दै उनले ऐन सडकबाट पास हुने हो र ? भन्दै प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्थकर्ता जस्तो भए पनि केही न केही काम गरौँ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्‍याे भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे । शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्किँदैनौँ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?’

झाँक्रीले विधेयक संशोधनसहित पास हुने भएकाले छलफलले समय लिएको स्पष्ट पार्दै अब समितिबाट विधेयक पास हुने प्रक्रिया रहेको उल्लेख गरिन् ।

यस्तै, उनले विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुने समेत बताइन् । सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरू समेत रमिता हेर्न सडकमा गएको उनको आरोप छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : ३६ बजे

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने