नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ « Khabarhub

नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गरेर सरकारले अपराध गरिरहेको टिप्पणी गरेका छन् । १८ दिनसम्म पनि शिक्षकहरूको माग सुनुवाइ नभएपछि उनले शनिबार सामाजिक सञ्जाल एक्समा सरकारले अभिभावक र विद्यार्थीमाथि अपराध गरिरहेको टिप्पणी गरेका हुन् । 

‘लाखौँलाख सामुदायिक विद्यार्थीहरूको भविष्यसँगै अभिभावकमा परिरहेको यो गम्भीर दुःख र चिन्तासँग खेलवाडको रूपमा सरकार सुतुर्मुर्गजस्तो टाउको लुकाएर बस्नु अपराध हो,’ नेता केसीले भनेका छन् ।  

उनले तीन–तीन पटक आफैँले गरेको लिखित सम्झौतामा राज्य उदासिन हुनु गम्भीर बेइमानीमात्रै नभएर खेदजनक भएको पनि बताएका छन् ।  

‘झण्डै २९-३० हजार सामुदायिक विद्यालयका शिक्षकहरू १८औँ दिनदेखि सडक सङ्घर्षमा छन्,’ केसीले भनेका छन्, ‘०७५ फागनु ९ पहिलो, ०७८ फागुन ९ दोश्रो र तेस्रो सहमति ०८० असोज ५ तीनपटक राज्यद्वारा गरिएको लिखित सम्झौताप्रति राज्य उदासीन हुनु यो गम्भीर बेइमानीमात्र होइन खेदपूर्ण छ ।’

केसीले शिक्षकहरूसँग तीन–तीन पटकसम्म राज्यले गरेको सम्झौता र प्रतिबद्धता पालन गर्नु राज्यको दायित्व भएको स्मरण पनि गराएका छन् ।

‘राज्यका जिम्मेवार ओहदामा बसेकाहरूले शिक्षकहरूलाई आदेश, उपदेश वा सडकको धुलो नखाऊ भनेर होइन,’ उनले भनेका छन्, ‘उनीहरूसँगको तीन–तीन पटकसम्म गरेको सम्झौता र प्रतिबद्धता पालन गर्नु राज्यको दायित्व हो ।’

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १२ : २९ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा