नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ « Khabarhub

नेता केसीको टिप्पणी- सरकारले विद्यार्थीमाथि अपराध गरिरहेको छ


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गरेर सरकारले अपराध गरिरहेको टिप्पणी गरेका छन् । १८ दिनसम्म पनि शिक्षकहरूको माग सुनुवाइ नभएपछि उनले शनिबार सामाजिक सञ्जाल एक्समा सरकारले अभिभावक र विद्यार्थीमाथि अपराध गरिरहेको टिप्पणी गरेका हुन् । 

‘लाखौँलाख सामुदायिक विद्यार्थीहरूको भविष्यसँगै अभिभावकमा परिरहेको यो गम्भीर दुःख र चिन्तासँग खेलवाडको रूपमा सरकार सुतुर्मुर्गजस्तो टाउको लुकाएर बस्नु अपराध हो,’ नेता केसीले भनेका छन् ।  

उनले तीन–तीन पटक आफैँले गरेको लिखित सम्झौतामा राज्य उदासिन हुनु गम्भीर बेइमानीमात्रै नभएर खेदजनक भएको पनि बताएका छन् ।  

‘झण्डै २९-३० हजार सामुदायिक विद्यालयका शिक्षकहरू १८औँ दिनदेखि सडक सङ्घर्षमा छन्,’ केसीले भनेका छन्, ‘०७५ फागनु ९ पहिलो, ०७८ फागुन ९ दोश्रो र तेस्रो सहमति ०८० असोज ५ तीनपटक राज्यद्वारा गरिएको लिखित सम्झौताप्रति राज्य उदासीन हुनु यो गम्भीर बेइमानीमात्र होइन खेदपूर्ण छ ।’

केसीले शिक्षकहरूसँग तीन–तीन पटकसम्म राज्यले गरेको सम्झौता र प्रतिबद्धता पालन गर्नु राज्यको दायित्व भएको स्मरण पनि गराएका छन् ।

‘राज्यका जिम्मेवार ओहदामा बसेकाहरूले शिक्षकहरूलाई आदेश, उपदेश वा सडकको धुलो नखाऊ भनेर होइन,’ उनले भनेका छन्, ‘उनीहरूसँगको तीन–तीन पटकसम्म गरेको सम्झौता र प्रतिबद्धता पालन गर्नु राज्यको दायित्व हो ।’

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १२ : २९ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा