उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण « Khabarhub

उदयपुरका विपन्न किसानलाई उन्नत जातका बाख्रा वितरण


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिका–९ आहालेका १२ परिवारलाई ५० वटा बाख्रा वितरण गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको ५० प्रतिशत अनुदानमा नयाँ बाख्रा पकेट विस्तार कार्यक्रमअन्र्तगत बोयरलगायतका उन्नत जातको बाख्रा वितरण गरिएको हो ।

महाभारत कृषक समूहलाई बाख्रापकेट क्षेत्रको रुपमा विस्तार गर्दै बाख्रा वितरण गरिएको कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताए।

‘कृषि गरेर गाउँमै आम्दानी गर्ने र गाउँमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथमा यो कार्यक्रम सुरु गरेका हौँ’, उपप्रमुख खड्काले किसानलाई भने, ‘यसबाट आम्दानी गर्नुहोस् र पकेट क्षेत्र विस्तारमा सहयोग पुर्‍याउनुहोस् ।’

नगरपालिकाका पशुपन्छी शाखाका प्रमुख विजया कार्कीका अनुसार सङ्घीय सरकार नगरपालिकाको सहकार्यमा रु १५ लाखको लगानीमा बाख्रा पकेट क्षेत्र कार्यक्रम विस्तार गरिएको हो । 

‘सत्र वटा खोर बनाउन थालेका छौँ र कृषकलाई बाख्रा वितरण गरेका छौँ’, प्रमुख कार्कीले भने, ‘बाख्रापालनका लागि उपयुक्त स्थान भएको क्षेत्रमा यो कार्यक्रम सुरु गरेका हौँ ।’

 घाँसपात र बाख्रापालनका लागि उपयुक्त स्थान भएको उल्लेख गर्दै समूहका अध्यक्ष लोकबहादुर मगरले कृषकलाई ठूलो हौसला प्राप्त भएको बताए । 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : २६ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि