तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन « Khabarhub

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री राणाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन् ।

वार्षिक २२ अर्बभन्दा बढी राजस्व उठ्ने लक्ष्य लिइएको उक्त नाका तथा भन्सार कार्यालयको मन्त्री राणाका साथै कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहितको टोलीले निरीक्षण गरेको हो । उनले पर्यटन प्रवर्द्धनका हिसाबले पनि महत्वपूर्ण रहेको नाकाबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्ने बताए । 

राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

यस विषयमा मन्त्री राणाले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : ३० बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा