कांग्रेसको राष्ट्रिय जागरण अभियान– शीर्ष नेताको सक्रियता बढ्यो | Khabarhub Khabarhub

कांग्रेसको राष्ट्रिय जागरण अभियान– शीर्ष नेताको सक्रियता बढ्यो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर सञ्चालन गरेको छ । जागरण अभियानको दोस्रो चरणको शुभारम्भमा सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महत खटिएका छन् ।

यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानको दोस्रो चरणअन्तर्गत प्रदेश नं– ५ का विभिन्न जिल्लामा जाने भएका छन् । नेता पौडेल आगामी असोज ५ देखि १० गतेसम्म सो प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले पार्टीको राष्ट्रिय जागरण अभियान अन्र्तगत प्यूठान, रोल्पा र दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यसअघि पार्टीले गत वैशाख २५ देखि जेठ २५ सम्म प्रथम चरणको जागरण अभियान सञ्चालन गरेको थियो । तेस्रो चरणको अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ३६ बजे

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल