कांग्रेसको राष्ट्रिय जागरण अभियान– शीर्ष नेताको सक्रियता बढ्यो « Khabarhub

कांग्रेसको राष्ट्रिय जागरण अभियान– शीर्ष नेताको सक्रियता बढ्यो


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मुलुकभर सञ्चालन गरेको छ । जागरण अभियानको दोस्रो चरणको शुभारम्भमा सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महत खटिएका छन् ।

यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानको दोस्रो चरणअन्तर्गत प्रदेश नं– ५ का विभिन्न जिल्लामा जाने भएका छन् । नेता पौडेल आगामी असोज ५ देखि १० गतेसम्म सो प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले पार्टीको राष्ट्रिय जागरण अभियान अन्र्तगत प्यूठान, रोल्पा र दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यसअघि पार्टीले गत वैशाख २५ देखि जेठ २५ सम्म प्रथम चरणको जागरण अभियान सञ्चालन गरेको थियो । तेस्रो चरणको अभियान आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ३६ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’