अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने « Khabarhub

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

दमास्कस- संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ ।

इस्लामिक स्टेट आईएसविरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।

अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता सीन पार्नेलले जानकारी दिए ।

उनका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।

यद्यपि, अमेरिकाले आईएस विरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले जनाए ।

आईएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि, अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पु¥याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो ।

यस अभियानका क्रममा अमेरिकी सेनाहरूले प्रत्यक्ष रूपमा लडाईंमा सहभागिता जनाएका थिए भने हजारौँ सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो ।

इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गरेका थिए भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स एसडीएफले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो ।

तर पनि अहिले केही ग्रामीण क्षेत्रहरूमा आइएसका लडाकुहरू सक्रिय रहेका कारण, अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ४२ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर