ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन « Khabarhub

ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा चुनिएको विषयमा मुख खोलेका छन् । उनले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् ताप्लेजुङमा भएको घटनाबारे मुख खोलेका हुन् ।  

‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन्,’ भट्टराईले लेखेका छन्, ‘मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ ।’

उनले ‘नो केबलकार’ समूह पक्षीय भनिएका नाराबाजी गर्नेहरूलाई प्रायोजकको हतियार नबन्न र सामाजिक एकता र सद्भाव नबिगार्न पनि भनेका छन् ।

 ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो,’ नेता भट्टराईले लेखका छन्, ‘मेरो आग्रह विवेकले काम गरौँ । प्रायोजकहरूको हतियार नबनौँ । सामाजिक एकता र सदभाव नबिगारौँ ।’ 

यसअघि भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना सामाजिक सञ्जालमा भाइरल भएको थियो । शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

नेता भट्टराई सिँढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका थिए । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएको थियो । तर, ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले नेता भट्टराई आफैँ शौचालय गएका प्रतिक्रिया दिएका थिए । 

प्रहरी निरीक्षक बस्नेतले खबरहबसँग भनेका थिए, ‘भाइरल भएजस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो ।’

आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेको थियो । चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयको भनाइ थियो । भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीले बताएका थिए ।

शुक्रबार महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रिप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : १५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा