८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : 'पार्टीमा फर्कन संवैधानिक अड्चन छैन' | Khabarhub Khabarhub

८४ अभियानमा पूर्वउपराष्ट्रपति पुन : ‘पार्टीमा फर्कन संवैधानिक अड्चन छैन’


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको ८४ अभियानमा सक्रियताका साथ देखिएका छन् । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो पटक उनी पार्टीको सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

पुनले वैशाख १ गतेदेखि नै पार्टी काममा फर्किएको बताएका छन् र यसमा कुनै कानुनी अड्चन नभएको प्रष्ट पारेका छन् । पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको उनले बताएका हुन् ।

शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले आफू राजनीतिक आधारबाटै यहाँसम्म आएकाले आफ्नो चाहना र पार्टीको आवश्यकताअनुसार पुनः राजनीतिमा फर्किएर काम गरेको बताए । उपराष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टी जीवनमा फर्केपछि पहिलो पटक पार्टी अभियानमा जोडिएको उनले बताए ।

माओवादीप्रति जनतामा सकारात्मक धारणा बनाउँदै गएको उनको भनाइ छ । नेकपा माओवादी घरदैलोमा आएपछि विगतमा भएका कमजोरी सच्याउने देशको लागि इमान्दार सशक्त पार्टी निर्माण गर्नेतर्फ लाग्ने पुनले बताए । नेपाली जनता पनि माओवादी केन्द्रको सोच, एजेण्डा र कार्यक्रमसँग खुसी रहेको बताए ।

‘माओवादीभित्र भएको टुटफुट, क्षति र विभिन्न विचारले मर्माहत भएको वामपन्थी धारालाई एकीकृत गरेर सशक्त क्रान्तिकारी पार्टी निर्माण गर्ने र यस्तो पार्टीले मात्र समाजवादी क्रान्ति गर्न सक्ने जनताबाट सुझाव आएको छ ।’ पूर्वउपराष्ट्रपति पुनले भने । उनले प्रतिक्रान्तिकारी शक्तिले गणतन्त्रका विरुद्ध विभिन्न अफवाह फैलाएकाले यसलाई चिर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : ३७ बजे

प्रजातन्त्रवादी चिकित्सक संघको मधेश प्रदेश कार्यकारिणी समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिक चिकित्सक संगठन प्रजातन्त्रवादी चिकित्सक संघ (मधेश

एसियन लाइफ इन्सुरेन्सले ५.३६ प्रतिशत लाभांश दिने 

काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै

वाईसीएलमा पदाधिकारी नै ७४ सदस्यीय : २२ जना उपाध्यक्ष, ३१ जना सचिव, १९ जना सहसचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ

जलवायु परिवर्तनले भारतीय किसानहरू समस्यामा

एजेन्सी– भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई