लोकतान्त्रिक चरित्र जोगाउन, कांग्रेस विधान अनुसार अघि बढ्नुपर्छ : नैनसिंह महर | Khabarhub Khabarhub

लोकतान्त्रिक चरित्र जोगाउन, कांग्रेस विधान अनुसार अघि बढ्नुपर्छ : नैनसिंह महर


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन विधानले भने अनुसार समयमै गर्नुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले जोड दिएका छन्। नेविसंघ पूर्वअध्यक्षसमेत रहेका महरले नेविसङ्घ स्थापना दिवस रहेको स्मरण गर्दै नेपाली कांग्रेस खैरहनी नगर समितिको नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘कांग्रेसको विधानअनुसार २०८२ नेपाली कांग्रेसको महाधिवेशन वर्ष हो। हामीले भ्रातृ तथा सुवेच्छुक संस्थाहरूको महाधिवेशन गरिसक्नुपर्ने अवस्था हो तर भातृ संस्थाहरूले पार्टीले दिएको गाइडलाइन समेत पालना गरको देखिएन, समयमै भ्रातृ तथा सुवेच्छुक संस्थाको महाधिवेशन हुन नसक्दा पार्टी जीवनमै समेत असर परिरहेको छ,’ उनले भने।

भ्रातृ संस्था र पार्टीको समयमै आवधिक निर्वाचन प्रक्रिया सम्पन्न गर्ने बाटोमा नलगे कांग्रेसको लोकतान्त्रिक चरित्र हराउनेतर्फ उनको चिन्ता छ। त्यसैले विधान अनुसार नै निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक चरित्रको रक्षा गर्नु अपरिहार्य रहेको उनले औंल्याएका छन्।

उनले समयमै निर्वाचन सम्पन्न गराउनका लागि वडादेखि केन्द्रसम्मका जिम्मेवार नेता कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

‘सबै आफ्नो जिम्मेवारी पूरा गर्नका लागि तयार रहनुपर्छ। विशेष गरी केन्द्रीय कार्यालयका पदाधिकारी बढी गम्भीर हुनु जरुरी छ। केन्द्रीय पदाधिकारी जिम्मेवार नभइरहेको अवस्थामा वडा तहदेखि नै काम गर्दै हामी अगाडि बढ्यौँ भने केन्द्रलाई आवश्यक दवाव पर्ने छ। यसो हुँदा समयमै महाधिवेशन हुने सम्भावना रहन सक्छ’ महरले भने।

मुलुकमा राजनीतिक तरलता रहेको अवस्थामा कांग्रेस सबै क्षेत्रमा जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुनुपर्ने उनले बताएका छन्। 

‘पञ्चायतका प्रेतात्माहरू सलबलाउन थालेका छन्। ती लोकतन्त्रको खिलाफमा छन्। उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ। अनी मात्र उनीहरू परास्त हुन सक्छन्’ महरले भने।

एक अर्को प्रसंगमा नेता महरले २० चैतदेखि शिक्षा ऐन जारी गर्ने लगायतका माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले उनीहरूका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्यौंलता थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरको टिप्पणी छ।

शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ। विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने गरी महासंघले पनि सरकारसँग वार्ता गरेर निष्कर्षमा पुग्नु नै अहिलेको अपरिहार्यता रहेको उनले बताए।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : २० बजे

शिक्षामन्त्रत्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट