वैदेशिक रोजगारका ठगले सरकारकै मिलेमतोमा लुट मच्चाए : प्रभु साह | Khabarhub Khabarhub

वैदेशिक रोजगारका ठगले सरकारकै मिलेमतोमा लुट मच्चाए : प्रभु साह


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका ठगहरूले सरकारकै मिलेमतोमा लुटको आतङ्क मच्चाएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् ।

वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले सरकारसँग जवाफ माग गरे ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार आयोजित कार्यक्रमलाई साहले म्यानपावरले प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन नपाउने कानूनी व्यवस्था हुँदाहुँदै लाखौँ असुली रहेको बताए ।

अध्यक्ष साहले प्रश्न गरे, ‘के यो कुरा दुई तिहाइ बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार भएको बताउँदै साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रश्न गरे, ‘वैदेशिक रोजगारमा ठगिएका युवाले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या,चाहना,आवश्यकता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुट धन्दामा लागेको टिप्पणी उनले गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ३७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई