इन्जुरी समयको पेनाल्टी गोलले बार्सिलोना विजयी | Khabarhub Khabarhub

इन्जुरी समयको पेनाल्टी गोलले बार्सिलोना विजयी


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलको इन्जुरी समयको आठौँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोना विजयी भएको छ।

इन्जुरी समयमा राफिन्हाले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-३ ले हराएको हो। राफिन्होको गोलसँगै खेल सकिएको थियो।

खेलको १२ औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए पनि बोजाए इग्लेसियासले ह्याट्रिक गरेपछि ६३ औँ मिनेटसम्म सेल्टाभिगो ३-१ ले अगाडि थियो।

खेलको ६४ औँ मिनेटमा डानी अल्मोले गोल गरेको खेलमा ६८ औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरेका थिए।

स्पेनिस ला लिगामा शनिबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई लास पल्मासले १-० ले हराएको छ। रायो भल्कानो र भ्यालेन्सियाको खेल १-१ तथा मालोर्का र लेगानेसको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ तथा तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६३ अङ्क छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६६ अङ्कसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ३३ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी