इन्जुरी समयको पेनाल्टी गोलले बार्सिलोना विजयी « Khabarhub

इन्जुरी समयको पेनाल्टी गोलले बार्सिलोना विजयी


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलको इन्जुरी समयको आठौँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बार्सिलोना विजयी भएको छ।

इन्जुरी समयमा राफिन्हाले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-३ ले हराएको हो। राफिन्होको गोलसँगै खेल सकिएको थियो।

खेलको १२ औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए पनि बोजाए इग्लेसियासले ह्याट्रिक गरेपछि ६३ औँ मिनेटसम्म सेल्टाभिगो ३-१ ले अगाडि थियो।

खेलको ६४ औँ मिनेटमा डानी अल्मोले गोल गरेको खेलमा ६८ औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरेका थिए।

स्पेनिस ला लिगामा शनिबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई लास पल्मासले १-० ले हराएको छ। रायो भल्कानो र भ्यालेन्सियाको खेल १-१ तथा मालोर्का र लेगानेसको खेल गोलरहित बराबरीमा सकिएको छ।

तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ तथा तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६३ अङ्क छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६६ अङ्कसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ३३ बजे

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा

काठमाडौं – सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै