मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो | Khabarhub Khabarhub

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन घट्यो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ ।  अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो । 

उनले भने, ‘लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।’ अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या छ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर छ हजार ८३० पुगेको उनले बताए ।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए ।  विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ४४ बजे

होटल मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता हुँदै

काठमाडौं– होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन

डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको

पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तानसेन– यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान

‘सरकार गलत बाटोमा छ, चुनाव नभए आन्दोलनको औचित्य सकिन्छ’

काठमाडौं- अन्तरिम सरकार बनेको डेढ महिना बित्यो । सुशासनको मुद्दा