नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढ्यो  | Khabarhub Khabarhub

नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढ्यो 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको छ । 

बैंककले चैत मसान्तसम्ममा २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने बैंकले १३ करोड ५ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो । 

बैंकको खुद ब्याज आम्दानी ४.८१ प्रतिशतले बढेर ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ बराबरको रहेको छ भने जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख ५ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको खराब कर्जा ०.६० प्रतिशतले बढेर ५.४५ प्रतिशतमा पुगेको छ भने प्रतिशेयर आम्दानी २४.०८ रुपैयाँले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । 

बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : २३ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ