डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै | Khabarhub Khabarhub

डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा डिजिटल कर्णालीको दोस्रो संस्करण हुने भएको छ । यही वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली ‘कन्क्लेभ’ आयोजना गर्न लागिएको हो ।

कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुन लागेको र वीरेन्द्रनगरको शुभ होटेलमा संचालन गरिने डिजिटल कर्णाली कन्क्लेभमा दशभन्दा धेरै सेसनहरू सञ्चालन हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए ।‘

कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत् छलफल हुनेछ,’ उनले भने ।

‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुति हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए । ‘५० जना बढी विज्ञ वक्ता सहभागिता हुने कन्क्लेभमा ४ सय बढीको सहभागिता हुनेछ,’ उनले भने,‘नयाँ प्रविधिको विषयमा ज्ञान आदानप्रदान हुनेछ ।’

कर्णालीलाई डिजिटल प्रदेश बनाउने भन्दै गत वर्षदेखि सुरु भएको हुँदै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : २४ बजे

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

लेखराज भट्टले भने : एमालेमा गुटबन्दी अन्त्य हुनुपर्छ

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक