प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप | Khabarhub Khabarhub

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

पोखरा– लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी परीक्षामा सामेल भएको आरोपमा १ युवती पक्राउ परेकी छन् ।

२०८२ साल वैशाख ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उक्त परीक्षामा ज्ञानुता विश्वकर्मा नामकी युवती संलग्न भएको पत्ता लागेको हो ।

जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका–५ की वर्ष १९ की ज्ञानुता विश्वकर्मालाई पक्राउ गरी शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीमाथि अरूको नाममा परीक्षा दिएको, परीक्षा प्रणालीमा अनधिकृत प्रवेश गरेको र शैक्षिक प्रक्रियाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ३९ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय