लिभरपुलसँग लिसेस्टर सिटी पराजित « Khabarhub

लिभरपुलसँग लिसेस्टर सिटी पराजित


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्रेन्ट अलेम्जेन्डर आर्नोल्डले बेन्चबाट आएर गरेको गोलमा इङ्लिस प्रिमियर सीपको आइतबार भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई १-० ले हराएको छ।

जितपछि लिभरपुल उपाधिबाट एक खेल मात्र टाढा रहेको छ। लिसेस्टर भने रेलिगेसनमा परेको छ।

अर्को सिजन फ्रि ट्रान्सफरहको हल्ला चलिरहेको तथा रियल म्याड्रिडमा आबद्ध हुने सम्भावना रहेका आर्नोल्डले खेल सकिन १४ मिनेट बाँकी रहँदा गोल गरेका हुन्। कुहिनका लागेको चोटका कारण लामो समय बाहिर रहेका उनी मार्च महिनादेखि मात्र मैदानमा फर्किएका हुन्।

आइतबार नै दोस्रो स्थानको आर्सनलले पनि इप्सविच टाउनलाई ४–० ले हरायो। आसर्नलका लागि लियेन्ड्रो ट्रोसार्डले २ गोल गरे। गाब्रियल मार्टिनेली तथा एथन एनवारीले थप गोल गरे। चेल्सीले फुलहामलाई २–१ ले हरायो।

अर्को खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो। तालिकामा लिभरपुलको ६६ तथा आर्सनलको ६६ अङ्क छ। तेस्रो स्थानको न्यु क्यासलको ५९ तथा म्यानचेस्टर सिटीको ५८ अङ्क छ।

पाँचौँ स्थानको चेल्सी, छैटौं स्थानको नटिङघम फरेस्ट तथा सातौँ स्थानको अस्टन भिल्लाको समान ५७ अङ्क छ। तर फरेस्टले एक खेल कम खेलेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ५८ बजे

महानगरभित्रका ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्य : भेनेजुएला

काराकास– भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्‍याउँदै भ्रातृत्व,

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ ।

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार

काठमाडौं– बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न