लिभरपुलसँग लिसेस्टर सिटी पराजित « Khabarhub

लिभरपुलसँग लिसेस्टर सिटी पराजित


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्रेन्ट अलेम्जेन्डर आर्नोल्डले बेन्चबाट आएर गरेको गोलमा इङ्लिस प्रिमियर सीपको आइतबार भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई १-० ले हराएको छ।

जितपछि लिभरपुल उपाधिबाट एक खेल मात्र टाढा रहेको छ। लिसेस्टर भने रेलिगेसनमा परेको छ।

अर्को सिजन फ्रि ट्रान्सफरहको हल्ला चलिरहेको तथा रियल म्याड्रिडमा आबद्ध हुने सम्भावना रहेका आर्नोल्डले खेल सकिन १४ मिनेट बाँकी रहँदा गोल गरेका हुन्। कुहिनका लागेको चोटका कारण लामो समय बाहिर रहेका उनी मार्च महिनादेखि मात्र मैदानमा फर्किएका हुन्।

आइतबार नै दोस्रो स्थानको आर्सनलले पनि इप्सविच टाउनलाई ४–० ले हरायो। आसर्नलका लागि लियेन्ड्रो ट्रोसार्डले २ गोल गरे। गाब्रियल मार्टिनेली तथा एथन एनवारीले थप गोल गरे। चेल्सीले फुलहामलाई २–१ ले हरायो।

अर्को खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो। तालिकामा लिभरपुलको ६६ तथा आर्सनलको ६६ अङ्क छ। तेस्रो स्थानको न्यु क्यासलको ५९ तथा म्यानचेस्टर सिटीको ५८ अङ्क छ।

पाँचौँ स्थानको चेल्सी, छैटौं स्थानको नटिङघम फरेस्ट तथा सातौँ स्थानको अस्टन भिल्लाको समान ५७ अङ्क छ। तर फरेस्टले एक खेल कम खेलेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ५८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग