किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ « Khabarhub

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।

साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार विसं २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साह विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पछि विसं २०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ५२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या