प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न माग « Khabarhub

प्रभु साहसहित चार पदाधिकारीलाई कारबाही गर्न माग


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी महासचिव विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका प्रदेश २ का अध्यक्ष प्रभु शाह, सचिव सुमन प्याकुरेल, इन्चार्ज सत्यनारायण मण्डल र सहइन्चार्ज विश्वनाथ साहलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

पद दुरुपयोग गरी गुट मात्र खडा गर्ने तथा विधान, नियमावली, निर्देशिका, सचिवालय निर्णय र परिपत्र सबै उल्लंघन गरेको उनीहरुको आरोप छ ।

१९ केन्द्रीय सदस्यले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई विधान विपरीत स्थायी समिति सदस्य बनाइएको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट