ताइवानी सेनामा चिनियाँ जासुस : ६२ नियन्त्रणमा, अन्यको खोजी जारी | Khabarhub Khabarhub

ताइवानी सेनामा चिनियाँ जासुस : ६२ नियन्त्रणमा, अन्यको खोजी जारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई । चीनविरुद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ। एकातिर चीनले ताइवानको सीमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्कोतर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ।

कतिसम्म भने पछिल्लो २ दिनमा ताइवानसँग दुईवटा ठूला अप्रिय घटना भएका छन् । पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुर्भाग्यपुर्ण दुई ठूला घटनापछि ताइवानमा एक्कासी सन्नाटा छाएको छ भने भित्रभित्रै चीन भने खुशी देखिएको छ।

त्यसो त यसअघि नै दुई देशको द्वन्द्वका बीच चीनले ताइवानलाई पूर्ण रूपमा घेरेर राखेको अवस्था छ । खासमा चीनले क्वाडोङ टापु नजिकै समुद्रको बीचमा आफ्नो आणविक पनडुब्बी तैनाथ गरिसकेको छ ।

यी पनडुब्बीको सहयोगमा चीनले ताइवानलाई नक्साबाट मेटाउन सफल हुने देखिएको छ र उसको योजना अनुसार चीनमा गाभ्नका लागि थप सहज हुने भएको छ।

उता यसबाहेक चीनले ताइवान छिर्ने मुख्य मार्गको रूपमा रहेको प्रशान्त महासागरमा ३ हजार किलोमिटरसम्म घेराबन्दी गरेको छ । जसका कारण अमेरिकाले ताइवानलाई आफ्नो थप हतियार सहयोग समुद्री मार्गबाट अब सजिलै पुर्‍याउन सक्ने छैन ।

यसको मतलब चीनले ताइवानमाथि आक्रमण गर्‍यो भने अमेरिकाले केही गर्न सक्दैन भन्ने बुझ्न कुनै गाह्रो नभएको समाचारमा उल्लेख छ। चीनले अमेरिकाले कुनै पनि हालतमा ताइवानलाई बचाउन नसक्ने बताइसकेको छ। किनभने अमेरिका ताइवानको सबैभन्दा ठूलो सहयोगी राष्ट्र हो ।

यसैबीच ताइवानमा २ दिनमा दुईवटा ठूला झट्का लागेको छ । उसलाई पहिलो धक्का तब लाग्यो जब उसको गुप्तचर एजेन्सीले ६२ जना चिनियाँ नागरिक सेनाको उच्च पदमा राखेको थाहा पायो ।

यो गत बिहीबार मात्रै ६२ चिनियाँ सैनिक अधिकारीको पहिचान ताइवानले गरेको हो । ताइवान सरकारले अब यी सैनिकहरूलाई तैनाथ गर्नुको उद्देश्य के थियो भनेर अनुसन्धान गरिरहेको छ।

यसको रहस्य खुलेपछि ताइवानका राष्ट्रपतिले भनेका छन्, ‘ताइवानको सेनामा अब पनि कति चिनियाँ छन् भनेर पनि पत्ता लगाउँदैछौं ।’

दोस्रो झट्का भनेको त्यसको भोलीपल्ट अर्थात शुक्रबार मिराज लडाकु विमानले धावनमार्गमा उडान भर्न नसकेपछि लागेको हो । प्राविधिक समस्याका कारण मिराज उडान गर्न नसकेको रक्षा विज्ञहरूले बताएका छन् ।

ताइवानसँग हाल ६२ मिराज लडाकु विमान छन्। जुन मिराजलाई ताइवानले फ्रान्सबाट किनेको थियो । १९९७ मा ताइवानले ती सबैलाई आफ्नो सैन्य सम्पत्तिको रूपमा राखिरहेको थियो । तर त्यसले पनि उडान भर्न नसकेपछि ताइवान थप तनावमा परेको अवस्था छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ०८ बजे

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर