ताइवानी सेनामा चिनियाँ जासुस : ६२ नियन्त्रणमा, अन्यको खोजी जारी « Khabarhub

ताइवानी सेनामा चिनियाँ जासुस : ६२ नियन्त्रणमा, अन्यको खोजी जारी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई । चीनविरुद्ध चेतावनी दिएकोमा ताइवानका लागि दुर्भाग्य भएको छ। एकातिर चीनले ताइवानको सीमानालाई कडाइका साथ घेर्न सुरू गरेको छ भने अर्कोतर्फ ताइवान आफ्नै सैन्य अभ्यासमा लगातार असफलसमेत भइरहेको छ।

कतिसम्म भने पछिल्लो २ दिनमा ताइवानसँग दुईवटा ठूला अप्रिय घटना भएका छन् । पहिलो स्क्यान्डल जासुसीसँग सम्बन्धित छ र दोस्रो दुर्भाग्य लडाकु विमानसँग सम्बन्धित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुर्भाग्यपुर्ण दुई ठूला घटनापछि ताइवानमा एक्कासी सन्नाटा छाएको छ भने भित्रभित्रै चीन भने खुशी देखिएको छ।

त्यसो त यसअघि नै दुई देशको द्वन्द्वका बीच चीनले ताइवानलाई पूर्ण रूपमा घेरेर राखेको अवस्था छ । खासमा चीनले क्वाडोङ टापु नजिकै समुद्रको बीचमा आफ्नो आणविक पनडुब्बी तैनाथ गरिसकेको छ ।

यी पनडुब्बीको सहयोगमा चीनले ताइवानलाई नक्साबाट मेटाउन सफल हुने देखिएको छ र उसको योजना अनुसार चीनमा गाभ्नका लागि थप सहज हुने भएको छ।

उता यसबाहेक चीनले ताइवान छिर्ने मुख्य मार्गको रूपमा रहेको प्रशान्त महासागरमा ३ हजार किलोमिटरसम्म घेराबन्दी गरेको छ । जसका कारण अमेरिकाले ताइवानलाई आफ्नो थप हतियार सहयोग समुद्री मार्गबाट अब सजिलै पुर्‍याउन सक्ने छैन ।

यसको मतलब चीनले ताइवानमाथि आक्रमण गर्‍यो भने अमेरिकाले केही गर्न सक्दैन भन्ने बुझ्न कुनै गाह्रो नभएको समाचारमा उल्लेख छ। चीनले अमेरिकाले कुनै पनि हालतमा ताइवानलाई बचाउन नसक्ने बताइसकेको छ। किनभने अमेरिका ताइवानको सबैभन्दा ठूलो सहयोगी राष्ट्र हो ।

यसैबीच ताइवानमा २ दिनमा दुईवटा ठूला झट्का लागेको छ । उसलाई पहिलो धक्का तब लाग्यो जब उसको गुप्तचर एजेन्सीले ६२ जना चिनियाँ नागरिक सेनाको उच्च पदमा राखेको थाहा पायो ।

यो गत बिहीबार मात्रै ६२ चिनियाँ सैनिक अधिकारीको पहिचान ताइवानले गरेको हो । ताइवान सरकारले अब यी सैनिकहरूलाई तैनाथ गर्नुको उद्देश्य के थियो भनेर अनुसन्धान गरिरहेको छ।

यसको रहस्य खुलेपछि ताइवानका राष्ट्रपतिले भनेका छन्, ‘ताइवानको सेनामा अब पनि कति चिनियाँ छन् भनेर पनि पत्ता लगाउँदैछौं ।’

दोस्रो झट्का भनेको त्यसको भोलीपल्ट अर्थात शुक्रबार मिराज लडाकु विमानले धावनमार्गमा उडान भर्न नसकेपछि लागेको हो । प्राविधिक समस्याका कारण मिराज उडान गर्न नसकेको रक्षा विज्ञहरूले बताएका छन् ।

ताइवानसँग हाल ६२ मिराज लडाकु विमान छन्। जुन मिराजलाई ताइवानले फ्रान्सबाट किनेको थियो । १९९७ मा ताइवानले ती सबैलाई आफ्नो सैन्य सम्पत्तिको रूपमा राखिरहेको थियो । तर त्यसले पनि उडान भर्न नसकेपछि ताइवान थप तनावमा परेको अवस्था छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ०८ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी