चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव | Khabarhub Khabarhub

चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा बने भूमि सचिव


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो। सचिव अर्जुन पोखरेलले अवकाश पाएपछिको रिक्त पदमा पौडेलको बढुवा भएको हो।

बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।

उनीसहित सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो।

स्याङ्जा घर भएका पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। राजश्व प्रशासनकी क्याडर पौडेल गण्डकीको अर्थ सचिव भइसकेकी छन्।

यसैगरी बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार ल्याएको हो। बागलुङका शर्मा पनि गण्डकीका पूर्व सचिव हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १८ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र