दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो « Khabarhub

दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रूपन्देही–  रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो ।

बेपत्ता भएका बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले मङ्गलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव  फेला पारेको हो ।

बेपत्ता भएकामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३५ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज