प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो « Khabarhub

प्रचण्डले भने – कम्युनिस्ट आन्दोलन टुटफुट, घात–प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढ्यो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी र अवसरवादीहरूले जहिले अपमानित गर्ने, सिद्धियो माओवादी भनेर घोषणा गर्ने गरेको बताए । जनयुद्धको बेलामा पनि त्यस्तै घोषणा गरेपनि जनयुद्ध सफल बनाएर यहाँसम्म आइपुगेको प्रचण्डको दाबी थियो ।

‘अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी काँधमा आएको छ,’ प्रचण्डले भने, ‘माओवादी अरू पार्टीभन्दा फरक छ ।’

उनले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : ०२ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको