बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव « Khabarhub

बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् ।  

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् । 

बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए । त्यस्तै उनले शिवपुरी लगायतका स्रोतबाट व्यवस्थापन गरेर भए पनि उपत्यकावासीलाई खानेपानीको कमी हुन नदिने दाबी गरे ।

मन्त्री यादवले बबरमहलमा खानेपानीको पाइप फुटेको विषयमा छानबिन समिति बनाइएको भन्दै पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउँदा सीमामा नै रोकिएको उनले गुनासो गरे । 

मन्त्री यादवले खानेपानीमा तीनै तहको सरकार मिलेर शत प्रतिशत लगानी राज्यले गर्ने उल्लेख गरे  ।  

उनले देशका सबै स्थानका नागरिकलाई स्वच्छ खानेपानी पुराउने मन्त्रालयको लक्ष्य भए पनि बजेटका कारण केही समस्या आएको बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष