संविधान दिवसको अवसर पारेर सेनाद्वारा वृक्षरोपण « Khabarhub

संविधान दिवसको अवसर पारेर सेनाद्वारा वृक्षरोपण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौं उपत्यकामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरचोकदेखि सुन्धारा नागस्थानसम्म सडकको पश्चिमतर्फ वृक्षरोपण गरेको छ ।

सेनाले संविधान दिवसको उपलक्ष्यमा सुन्धारा, भोटाहिटी, जमल हुँदै दरबारमार्ग महेन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षरोपण कार्यक्रम गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । विभिन्न जातका गरी करीब २५० वटा बिरुवा रोपिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना र वातावरण विभाग सहकार्यमा उपत्यकामा हरियाली विस्तार गर्ने उद्देश्यले शुरु भएको वृक्षरोपण कार्यक्रमलाई नेपाली सेनाले निरन्तरता दिँदै जनाएको छ ।

यसैबीच, नेपाली सेनाले यस वर्षबाट खुला सामरिक लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय तथा सामरिक विषयमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य उक्त प्रतियोगिता आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक–सैनिक सम्बन्ध र सैनिक कूटनीति शीर्षक तोकिएको छ ।

प्रतियोगितामा भाग लिन चाहने लेखकले असोज १ देखि ३० गतेसम्म लेखरचनाको शीर्षक बुझाउनुपर्नेछ । स्वीकृत भएको शीर्षकको दायरामा रहेर मङ्सिर १ देखि माघ १५ गतेसम्म सैनिक मुख्यालयमा आइपुग्ने गरी लेखरचना पेश गर्नुपर्नेछ ।

लेखरचना दुई हजारदेखि दुई हजार ५०० शब्दको हुनुपर्नेछ । सेनाले प्रतियोगितामा उत्कृष्ट लेखलाई समेटेर ‘एकता जर्नल’ मा प्रकाशन गर्नेछ । प्रतियोगितामा छनौट भएका ३० लेखलाई पुरस्कृत गरिने सेनाले जनाएको छ ।

यसअघि नेपाली सेनासँग सम्बन्धित विभिन्न विषयमा आधारित रहेर प्रत्येक वर्ष ‘लघु चलचित्र प्रतियोगिता’ सञ्चालन हुँदै आएको छ । प्रतियोगिताका उत्कृष्ट चलचित्रहरुलाई सेनाले पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ७ : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल