गण्डकी विश्वविद्यालयविरुद्ध अधिवक्ता लामिछानेले दायर गरेको रिट खारेज « Khabarhub

गण्डकी विश्वविद्यालयविरुद्ध अधिवक्ता लामिछानेले दायर गरेको रिट खारेज


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयलाई विपक्षी बनाएर अधिवक्ता विमल लामिछानेले उच्च अदालत पोखरामा दर्ता गरेको रिट खारेज भएको छ । कानुन विपरीत पदाधिकारी र कर्मचारीहरू नियुक्त गरेको, विश्वविद्यालयले ५ वटा शैक्षिक कार्यक्रम एउटै संकायबाट सञ्चालन गरेको लगायत विषय समेटेर लामिछानेले गत साउन १५ गते उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । 

विश्वविद्यालयबाट निष्कासनमा परेका लामिछानेको मुद्दामा साउन १६ गते न्यायाधीश उमेश कोइरालाको इजलासले  कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । साउनकै २३ गते दुवै पक्षका कानुन व्यवसायीको बहसपछि न्यायाधीशद्वय मिलनकुमार राइ र उमेश कोइरालाको अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनराज पाण्डे र उमेश कोइरालाको इजलासले उक्त रिट खारेज गरिदिएको हो । लामिछानेले कानुन संकायको डिन नियुक्ति प्रक्रियाविरुद्ध दायर गरेको रिट यसअघि नै खारेज भइसकेको छ । 

लामिछानेले विश्वविद्यालयले ५ वटा शैक्षिक कार्यक्रम एउटै विज्ञान तथा प्रविधि संकाय अन्तर्गत राखी सञ्चालन गर्दै आएको, रजिष्ट्रार, डिन, उपप्राध्यापकमा अयोग्य व्यक्तिलाई नियुक्ति गरेको, मापदण्डविपरीत परीक्षा नियन्त्रक नियुक्ति गरेको, कानुन विषयको पूर्ण पाठ्यक्रम तयार नगरी पठनपाठन सुरु गरेको र नेपाल कानुन व्यवसायी परिषद्बाट स्वीकृति नलिई कानुनको अध्यापन सुरु गरेको भन्दै उत्प्रेषणको रिट दर्ता गरेका थिए । 

उनले गण्डकी विश्वविद्यालयको न्यायिक परिषद, कार्यकारी परिषद्, कुलपति गणेशमान गुरुङ, उपकुलपति नवराज देवकोटा, रजिष्ट्रार कैलाश तिमिल्सिनालाई विपक्षी बनाएका थिए । यसैगरी विज्ञान संकायका डिन कपिल अधिकारी, परीक्षा नियन्त्रक किसन कोइराला, विएएलएलबी कार्यक्रमका उपप्राध्यापक एंव संयोजक रवि कुमार सिलवाललाई समेत विपक्षी बनाइएको थियो । 

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गविविका न्यायिक परिषद अध्यक्ष कैलाशनाथ प्याकुरेल, विश्वविद्यालयका कर्मचारी लक्ष्मण सुवेदी, परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रूपा राना र विएएलएलबी कार्यक्रमका उपप्राध्यापक सविन तिवारीलाई लामिछानेले विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ४८ बजे

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको