जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि « Khabarhub

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान खुलेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिइन् ।

बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासि गोली हानेको थियो । घटनामा न्यौपानेकी आमा रिमा घाइते भएकी थिइन् ।

राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल– ११, कालिकानगर रूपन्देहीका  सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सो आतङ्ककारी हमलामा परेर घाइते हुनुभएकी उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

न्यौपाने आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका थिए ।

मन्त्री राणाले घटना बारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जनाएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ११ : ३८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको