शिक्षकहरू २२ दिनदेखि सडकमै (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू २२ दिनदेखि सडकमै (तस्बिरहरू)


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ । 

आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

२२ दिन देखि जारी शिक्षक आन्दोलनको क्रममा शिक्षकहरुले ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोले यातायात र सर्वसाधारणमा असर परेको गुनासो बढेसँगै शिक्षकहरुले अहिले १ लेन खुल्ला गरेका छन् । अहिले बानेश्वरदेखि माइतीघर तिर जाने लेन खुल्ला गरिएको छ ।

उनीहरूले संघीय सांसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

महासंघले आफूहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरूलाई पनि काठमाडौं आउन आह्वान गरेको छ ।

शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ । 

तस्बिरहरू :

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : १९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२