मन्त्रिपरिषद्को निर्णय- शिक्षकका जायज माग पूरा गर्न सरकार तयार | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को निर्णय- शिक्षकका जायज माग पूरा गर्न सरकार तयार


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षकहरूले राखेका जायज मागहरू पुरा गर्न तयार रहेको जनाएको छ ।  

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे । 

उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बरबाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरे पनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे  । 

त्यस्तै प्रवक्ता गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे  ।

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद(चौधौँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : २८ बजे

नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार