एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त « Khabarhub

एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्ने भएका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे विगत १६ वर्षदेखि यस बैंकसँग आबद्ध छन् । 

बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरी कार्य अनुभव लिए घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए  ।

घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरे।  

उनले भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ५७ बजे

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक