एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त « Khabarhub

एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्ने भएका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे विगत १६ वर्षदेखि यस बैंकसँग आबद्ध छन् । 

बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरी कार्य अनुभव लिए घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए  ।

घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरे।  

उनले भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ५७ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा